अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि त्यहाँका नागरिकलाई मात्र होइन, नेपालीलाई पनि चासो र चिन्ता बढाएको छ । विश्वका कुनै पनि ठाउँ, त्यसमाथि दक्षिण एसियाकै देशमा हिंसा भड्किँदा अरुजस्तै नेपालीलाई पनि चिन्ता बढ्नु स्वाभाविक नै हो । त्योभन्दा पनि चिन्ताको कुरा त्यहाँ कार्यरत झण्डै १५ हजार नेपालीको उद्धार कहिले र कसरी हुन्छ भन्नेमा छ ।तालिबानले राजधानी काबुलसमेत कब्जामा लिएपछि र त्यहाँका राष्ट्रपति देश छोडेर भागेपछि बल्ल नेपाल सरकारले नेपालीको उद्धारका लागि भन्दै कार्यदल गठन गरेको छ । त्यहाँ रहेका नेपालीहरुलाई कन्सुलर सेवा विभा...