काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार दुईबीच समसामयिक राजनीति र संसद्को आगामी एजेण्डाबारेमा छलफल भएको छ।
बिहीबार सभामुख निर्वाचित भएपछि प्रधानमन्त्रीसँग घिमिरेको पहिलो औपचारिक भेट हो।