नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएको बताएका छन् । सभापति शेरबहादुर देउवा र केन्द्रीय संसदीय समितिका सदस्यहरूलाई खुलापत्र लेख्दै नेता कोइरालाले आगामी निर्वाचनमा पार्टीले एकै घरका सदस्य र दम्पतीबाट एक जनामात्रै उम्मेदवार बनाउने नीति लिन आग्रह गरे ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एकै घर-परिवार तथा दम्पतीबाट एक जनाभन्दा धेरैलाई अवसर नदिन ध्यानाकर्षण गराएका हुन् । नेता कोइरालाले एकै घरबाट एक जनाभन्दा बढी उम्मेदवार हुन नपाउने