काबुल : अमेरिका-तालिवान शान्ति सम्झौतापछि अफगानिस्तानको सरकारले तालिवानी लडाकु रिहाइको प्रक्रिया अघि बढाएको छ। राष्ट्रपति असरफ घानीले तत्काल एक हजार ५ सय तालिवान लडाकूलाई हिरासतमुक्तको घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उक्त आदेश जारी गर्नु परेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको