काठमाडौं : तत्कालीन विद्रोही माओवादी र तत्कालीन सरकारबीच शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएर १८ वर्ष लाग्यो।२०६३ मंसिर ५ मा तत्कालीन विद्रोही माओवादी र सरकारबीच १२ बुँदे शान्ति सम्झौता भएको थियो। सम्झौतामार्फत दुई पक्षबीच भएको युद्धविरामलाई स्थायी रूप दिँदै २०५२ देखि चलिआएको सशस्त्र सङ्घर्ष समाप्त भएको घोषणा गरिएको थियो।नयाँ बानेश्वरस्थित त्यतिवेलाको वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले विसं ‘२०५२ देखि चलिआएको सशस्त्र सङ्घर्ष विधिवत् रूपमा सम