तराईमा चल्न थाल्यो तातो हावा

सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ। पूर्व र पश्चिम तराईको तुलनामा मध्य तराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ। मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ। मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो क्रममा रहेको तापक्रम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताउनुभयो। मध्य क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ।

सम्बन्धित सामग्री

पूर्वमा बाढी पहिरो, पश्चिम तराईमा तातो हावा

मौसमविद विनोद पोख्रेलका अनुसार मध्यपहाडी, पूर्वी र मध्य क्षेत्रहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ तर तराईका अधिकांश भूभागमा कम्तिमा ३–४ दिनसम्म सुक्खा हुने पूर्वानुमान छ ।

५ दिनसम्म तराईमा तातो हावा चल्ने पूर्वानुमान, बच्ने कसरी ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो […]

गर्मीमा तातो हावा तथा लुबाट जोगिने उपायहरु

गर्मी महिना लागेसँगै तातो हावा वा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ। गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ।

मध्य र पश्चिम तराईमा तातो हावा, विशेष बुलेटिन निकाल्दै महाशाखा

काठमाण्डाै - मध्य र पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाका अनुसार केही दिनयता मध्य र पश्चिम तराईमा बिस्तारै तातो हावा चल्ने र तापक्रम बढ्ने क्रम चलिरहेको छ । पश्चिमी वायुको प्रभाव र यी क्षेत्रका धेरैजसो ठाउँमा डढेलो लागेकाले तातो हावा चल्न थालेको उहाँले बताउनुभयो । कञ्चनपुर, कैलाली, नेपालगञ्ज, दाङ, कपिलवस्तु, भैरहवा लगायत जिल्लामा तातो हावा चल्ने क्रम बढेको छ । आउँदो बुधवार र बिहीवारसम्म नै यी जिल्लामा तातो हावा चल्ने अनुमान गरिएको मौसमविद् सापकोटाले जानकारी ...

बढ्यो गर्मी, पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने

काठमाडौँ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खास गरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने विज्ञहरुको भनाइ छ । मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने […]

तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना

काठमाण्डाै - तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४०  ...

पश्चिम तराईमा तातो हावा

बाँके लगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवा लगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।...

पश्चिम तराईमा तातो हावा चल्न थाल्यो

बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवालगायतका क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।...

देशभर अप्रत्याशित बढ्यो तापक्रम, तातो हावा चल्ने जोखिम उच्च

काठमाडौँ – देशभरकै तापक्रम अहिले सरदरभन्दा बढी रहेको र तातो हावा चल्ने जोखिम बढेको चेतावनी विज्ञले दिएका छन्। पछिल्लो केही दिनयता देशभर नै लगातार तापक्रम बढ्दो क्रममा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरोलोजिष्ट डा इन्दिरा कडेलका अनुसार पूर्वी नेपालका धरान, ओखलढुंगासहितका स्थानको अधिकतम तापक्रम पछिल्ला केही […]

इराकमा तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्यो, तातो हावा चल्दा जनजीवन प्रभावित

इराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको बताइएको छ । यहाँका मौसम विद्हरुले यहाँको तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन् । जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ र नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिएका छन् ।इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँको दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्