बाँके लगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवा लगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।...
मौसमविद विनोद पोख्रेलका अनुसार मध्यपहाडी, पूर्वी र मध्य क्षेत्रहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ तर तराईका अधिकांश भूभागमा कम्तिमा ३–४ दिनसम्म सुक्खा हुने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो […]
काठमाडाैँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गरेका हुन्। मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता […]
काठमाण्डाै - मध्य र पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाका अनुसार केही दिनयता मध्य र पश्चिम तराईमा बिस्तारै तातो हावा चल्ने र तापक्रम बढ्ने क्रम चलिरहेको छ ।
पश्चिमी वायुको प्रभाव र यी क्षेत्रका धेरैजसो ठाउँमा डढेलो लागेकाले तातो हावा चल्न थालेको उहाँले बताउनुभयो । कञ्चनपुर, कैलाली, नेपालगञ्ज, दाङ, कपिलवस्तु, भैरहवा लगायत जिल्लामा तातो हावा चल्ने क्रम बढेको छ ।
आउँदो बुधवार र बिहीवारसम्म नै यी जिल्लामा तातो हावा चल्ने अनुमान गरिएको मौसमविद् सापकोटाले जानकारी ...
काठमाडौँ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खास गरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ । मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने […]
काठमाण्डाै - तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४० ...
बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवालगायतका क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।...
काठमाडौँ – देशभरकै तापक्रम अहिले सरदरभन्दा बढी रहेको र तातो हावा चल्ने जोखिम बढेको चेतावनी विज्ञले दिएका छन्। पछिल्लो केही दिनयता देशभर नै लगातार तापक्रम बढ्दो क्रममा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाकी सिनियर डिभिजनल मेटेरोलोजिष्ट डा इन्दिरा कडेलका अनुसार पूर्वी नेपालका धरान, ओखलढुंगासहितका स्थानको अधिकतम तापक्रम पछिल्ला केही […]
इराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको बताइएको छ । यहाँका मौसम विद्हरुले यहाँको तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन् । जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ र नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिएका छन् ।इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँको दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्