स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षणमा ९१ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उनले बताए ।परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । प्रमुख दवाडीका अनुसार मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ नमुनामा परीक्षण गर्दा २० वटाम