हिन्डेनबर्ग प्रभाव : एक महीनामा १७ % घट्यो एलआईसीको शेयर, अदानी ग्रुपलाई ३ खर्ब नोक्सान

काठमाडौं । एक महीनाभन्दा बढी समययता अमेरिकी अनुसन्धान कम्पनी हिन्डेनबर्ग रिसर्च र भारतीय व्यापारिक घराना अदानी समूहबीचको जुहारी जारी छ । हिन्डेनबर्गले भारतीय अर्बपति व्यापारी गौतम अदानीको सो समूहभित्र शेयर चलखेल र वित्तीय अनियमितता लगायत आरोप लगाउँदै एउटा प्रतिवेदन सार्वजनिक गरेयता समूहको शेयरमा पहिरो जाने क्रम जारी छ । यस्तोमा अदानी समूहमा ठूलो लगानी गरेको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी पनि चपेटामा आएको छ । गएको वर्षको डिसेम्बरको अन्त्यसम्ममा अदानी समूहमा एलआईसीको शेयर र ऋण लगानी ३ खर्ब ५९ अर्ब १७ करोड रुपया थियो । अदानी समूहका सबै कम्पनीमा एलआईसीले ३ खर्ब १ अर्ब २७ करोड रुपयाको इक्विटी किनेको थियो । गएको जनवरी २७ मा यो लगानीको बजार पूँजीकरण ५ खर्ब ६१ अर्ब ४२ करोड भारतीय रुपैया थियो । तर, फेब्रुअरी २३ मा यो मूल्य घटेर २ खर्ब ७० अर्ब भारतीय रुपयामा झरेको छ । अर्थात् यस अवधिमा एलआईसीलाई उल्टै ३ खर्ब रुपया नोक्सान भएको छ । यसैबीच एलआईसीको शेयरमा पनि उच्च कमी आएको छ । बीएसई इन्डेक्समा गएको शुक्रवार प्रतिकित्ता शेयरको भाउ ५८४ रुपया ६५ पैसामा आएर बन्द भएको थियो । यो महीनाको शुरुमा शेयर कीर्तिमानी न्यून स्तर ५८२ रुपया ४५ पैसामा आएको थियो । हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता एलआईसीको शेयर मूल्य १७ प्रतिशतले घटिसकेको छ । महीनभरमा कम्पनीको बजार पूँजीकरण पनि ७ खर्ब ५० रुपया गुमिसकेको छ । जनवरी २४ मा एलआईसीको बजार पूँजीकरण ४४ खर्ब ४१ अर्ब ४१ करोड भारतीय रुपया थियो । फेब्रुअरी २४ मा यो घटेर ३६ खर्ब ९७ अर्ब ९० करोड भारतीय रुपयामा ओर्लियो । सन् २०२२ को मे १७ मा एलआईसीको शेयर मूल्य प्रतिकित्ता ९२० रुपयाको कीर्तिमानी स्तरमा थियो । अदानी समूहका कारण एलआईसीको शेयर र बजार पूँजीकरणमा आएको कमी र अदानी समूहकै लगानीमा भएको नोक्सानीबारे एलआईसीले भने मुख खोलेको छैन । अदानी समूहको कम्पनीमध्ये अदानी पोर्ट्समा एलआईसीको सबैभन्दा धेरै लगानी छ । यसमा एलआईसीको शेयर ९ दशलमव १ प्रतिशत छ । अन्य कम्पनीमा भने शेयर १ दशमलव २५ प्रतिशतदेखि साढे ६ प्रतिशतसम्म छ । एजेन्सी 

सम्बन्धित सामग्री

काठमाडौंमा छैन बन्दको प्रभाव

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौं उपत्यकामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र उपत्यकाबाट लामो दुरीका बस पनि चलेको बताए । […]

मनसुनी वायुको प्रभाव चार प्रदेशमा

काठमाडौँ – नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । बिहान प्रदेश १ का […]

देशका केही ठाउँमा मनसुनी वायुको प्रभाव

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।...

रुसको प्रभाव कुन कुन देशमा ?

एजेन्सी, २२ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि उसको विश्वका कतिपय देशमा बढेको प्रभाव उजागर भएको छ । दुई दशकसम्म अमेरिकासहित पश्चिमा देशहरुको खुलेआम सक्रियता र प्रभाव विश्वभर देखिइरहँदा रुस भने भित्र भित्र आफ्नो उद्देश्यमा लागिरह्यो । शितयुद्धबाट कमजोर बनेको र विभाजनपछि बनेको रुसले शक्ति सञ्चय गरिरह्यो । आफ्नो प्रभाव क्षेत्रको बचाऊ गर्यो । २०२२ […]

बागमतीमा बन्दको प्रभाव सामान्य

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी_को विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले आह्वान गरेको बन्दको बागमती प्रदेशमा सामान्य प्रभाव देखिएको छ । बन्दको प्रभाव मकवानपुरसहित प्रदेशका १३ जिल्लामा सामन्य रुपमा देखिएको हो । प्रदेशका मकवानपुर, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बन्दको प्रभाव सामान्य रुपमा परेको छ ।बन्दका कारण प्रदेशभर लामो तथा छोटो दुरीका सवारीका साधन अत्यन्त कम मात

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।...

वीरगंजमा बन्दको प्रभाव आंशिक

वीरगंज : नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार अह्वान गरिएको नेपाल बन्दको वीरगंजमा आंशिक प्रभाव मात्र परेको छ। बाराको पथलैयादेखि उत्तरतर्फ कडा प्रभाव परे तपानि पथलैयाभन्दा दक्षिण तर्फ बन्दको प्रभाव आंशिक रहेको छ। वीरगंजका निजी विद्यालयहरुले स्कूल बन्द गरेका छन् भने सरकारी विद्यालय सञ्चलानमा रहेका छन्। निजी विद्यालयहरु…

नेपालमा यास आँधीको प्रभाव शनिबारसम्म

बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभाव नेपालमा शनिबारसम्म रहने पूर्वानुमान गरिएको छ । मौसमविद्का अनुसार आँधीको प्रभाव मंगलबारदेखि नै सुरु भएको र यसको प्रभाव अझै शनिबारसम्म रहने छ ।मुलुकका अधिकांश स्थानमा मंगलबारदेखि नै हल्कादेखि मध्यम वर्षा हुँदै आइरहेको थियो । बिहीबारदेखि भने हावाहुरी सहितको वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका […]

टाउटे आँधीको प्रभाव बिहीबारसम्म

अरब सागरमा विकसित भएको सामुद्रिक टाउटे आँधीको प्रभाव नेपालमा पनि पर्न थालेको छ । सामुद्रिक आँधीका कारण मंगलबार देशभरको मौसम बदली हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात पर्न थालेको र यसको प्रभाव बिहीबारसम्म नै रहने मौसम पूर्वानुमान माहाशाखाले बताएको छ ।सामुन्द्रिक आँधीको प्रभाव बुधबारदेखि अझै बढी पर्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । […]

नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म

काठमाडौं / अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको... The post नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म appeared first on Purbeli News.