चीनमा पानीको संकट गहिरिँदै गएको छ। उत्तरी चीनको अवस्था अरब देशको भन्दा खराब बनेको छ। चीनको यो जल संकट एसियाका अन्य देशका लागि पनि डरलाग्दो हुनसक्छ।चीनमा विश्वको जनसङ्ख्याको २० प्रतिशत छ तर त्यहाँ पानी मात्र ७ प्रतिशत छ। चीनका हजारौं नदी हराइसकेका छन्। औद्योगिकीकरण र प्रदूषणले बाँकी पानीलाई बेकार बनाएको छ।केही अनुमानका अनुसार चीनको ८० देखि ९० प्रतिशत पानी पिउन योग्य छैन। आधाभन्दा बढी भूमिगत पानी र एक चौथाइ नदीको पानी प्रदूषित छ। जसलाई उद्योग वा कृषिमा पनि प्रयोग गर्न सकिँदैन।विज्ञहरूको अनुमा