थप ६ कम्पनीले पाए विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति

६ वटा मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्नका लागि अनुमति दर्ता प्रमाणपत्र पाएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न ६ कम्पनीलाई अनुमति दिएको हो ।