विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिता आज (बिहीबार) बाट सुरु भएको छ। बिहीबार साँझ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगै फुटबल प्रतियोगिता सुरु भएको हो।
आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने भएका छन्। जसमा नेपाली सात र विदेशी तीन वटा टिम छन्।
विराटनगरस्थित सहिद रंगशालामा उद्घाटन खेलमा विराटनगर–११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।