प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ बजारमा

काठमाडौँ। लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण भएको छ। शनिबार प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन, जेवी विश्वकर्मा, कैलाश राई र लेखक स्वयम् प्रगति राईले संयुक्तरूपमा उपन्यासको लोकार्पण गरेका हुन्।

सम्बन्धित सामग्री

मदन पुरस्कार विजेता राजनमाथि आरोप : ‘मेरा श्रीमान् ‘१५ औं प्रेमिकासँग बस्छन्’

प्रगति राई जमेकी साहित्यकार हुन् । खुलस्त लेखनले उनी चर्चामा आउँछिन् । ‘लेखककी स्वास्नी’ उपन्यास उनको खुलस्त लेखनको उदाहरण हो । दोस्रो उपन्यास ‘बिर्सेको मृत्यु’ पहिलोझैँ जमेन । अहिले भने उनी लेखनभन्दा वैवाहिक जीवनबारे आफैँले सार्वजनिक गरेको अभिव्यक्तिले चर्चामा छिन् ।