पोखरा–जोमसोम रुटमा हरायो तारा एयरः जहाजको अत्तोपत्तो छैन

जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमान्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेका थिए।...

सम्बन्धित सामग्री

तारा एयर दुर्घटना: शोकमग्न चुरे काछका बस्ती

महोत्तरी– महोत्तरी र धनुषा जिल्लालाई छुट्याउने रातु नदी वारिपारिका चुरे काछका बस्ती अहिले शोकमग्न बनेको छ। आइतबार पोखरा–जोमसोम उडानको तारा एयरको विमान दुर्घटनामा पर्दा परिवारभित्रकै सात जनाको अकल्पनीय मृत्यु भएपछि महोत्तरीत, बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषा, मिथिला–११ का लोटा, चुरे र बाहुनमारा बस्तीमा शोक छाएको हो। दुर्घटनामा परी लोटा बस्तीका ७३ वर्षीय मकरबहादुर तामाङ […]

डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान गर्दै तारा एयर, दैनिक पाँचवटा उडान गर्ने

काठमाडौं। यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले डेढ वर्षपछि पोखरा-जोमसोम नियमित उडान सुरु गर्ने भएको छ। कम्पनीले आउँदो असोज

पोखरा–जोमसोम हवाइ रुटमा दैनिक चार उडानः मुस्ताङका पर्यटन व्यवसायी उत्साही

हिमालपारिको जिल्ला मुस्ताङमा ११ महिनापछि हवाइ मार्गमार्फत पर्यटक आउन थालेपछि मुस्ताङीहरु उत्साहित भएका छन् । पर्यटन व्यवसायकै माध्यमबाट चल्ने मुस्ताङमा गत चैत ११ देखि पूर्ण रुपमा हवाइ यातायात बन्द भएपछि पर्यटन व्यवसाय संकटमा परेकोमा फागुन २२ गते बाट हवाइ मार्ग सुचारु भए पछि व्यवसायीहरु खुशी भएका छन् । जोमसोम विमानस्थल प्रमुख दिपक विकका अनुसार अहिले भारतीय पर्यटकहरुको आगमन नै धेरै रहेको छ । तेश्रो मुलुकका पर्यटकहरु प्लेन सुचारु पनि खासै आएको देखिएको छैन । शनिबार पछि तीन दिनमा दैनिक २/३ जना हाराहारीमा मात्र भित्रिएका छन् । बिमानस्थल प्रमुख विकले भन्नुभयो –‘हाल पोखरा जोमसोमको हवाइ रुटमा तारा एयर र समिट एयरले उडान भरी रहेका छन् भने स्थानियले नेपाली ध्वजावहाक नेपाल एयरको उडान पनि हुन पर्ने माग गरेका छन् ।’ बिक भन्नुहुन्छ अहिले प्लेन सुरु भए पछि दैनिक जसो कहिले आउँछ नेपाल एयर भनेर सोध्ने सर्वसाधारणहरु पाइन्छ त्यसैले हामीले पनि आफ्नो तबरबाट नेपाल वायु सेवा निगमको उडानका लागि पनि प्रयास गरेका छौं र सकारात्मक प्रतिकृया आएकोले निकट भविष्यमै मुस्ताङमा नेपाल वायु सेवा निगमले सेवा दिन थाल्नेमा म विस्वस्त छु ।