हिमालपारिको जिल्ला मुस्ताङमा ११ महिनापछि हवाइ मार्गमार्फत पर्यटक आउन थालेपछि मुस्ताङीहरु उत्साहित भएका छन् । पर्यटन व्यवसायकै माध्यमबाट चल्ने मुस्ताङमा गत चैत ११ देखि पूर्ण रुपमा हवाइ यातायात बन्द भएपछि पर्यटन व्यवसाय संकटमा परेकोमा फागुन २२ गते बाट हवाइ मार्ग सुचारु भए पछि व्यवसायीहरु खुशी भएका छन् ।
जोमसोम विमानस्थल प्रमुख दिपक विकका अनुसार अहिले भारतीय पर्यटकहरुको आगमन नै धेरै रहेको छ । तेश्रो मुलुकका पर्यटकहरु प्लेन सुचारु पनि खासै आएको देखिएको छैन । शनिबार पछि तीन दिनमा दैनिक २/३ जना हाराहारीमा मात्र भित्रिएका छन् । बिमानस्थल प्रमुख विकले भन्नुभयो –‘हाल पोखरा जोमसोमको हवाइ रुटमा तारा एयर र समिट एयरले उडान भरी रहेका छन् भने स्थानियले नेपाली ध्वजावहाक नेपाल एयरको उडान पनि हुन पर्ने माग गरेका छन् ।’ बिक भन्नुहुन्छ अहिले प्लेन सुरु भए पछि दैनिक जसो कहिले आउँछ नेपाल एयर भनेर सोध्ने सर्वसाधारणहरु पाइन्छ त्यसैले हामीले पनि आफ्नो तबरबाट नेपाल वायु सेवा निगमको उडानका लागि पनि प्रयास गरेका छौं र सकारात्मक प्रतिकृया आएकोले निकट भविष्यमै मुस्ताङमा नेपाल वायु सेवा निगमले सेवा दिन थाल्नेमा म विस्वस्त छु ।