मण्डनदेउपुर नगरपालिकामा गौरवका याेजना

काभ्रे ।  नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा मण्डनदेउपुर नगरपालिका सम्पन्न हुँदै गएको छ । आधारभूत अस्पताल, प्रशासनिक भवन, कुन्ता नगरकोट, कुन्ता दोलालघाट सडक लगायत अन्य महत्त्वपूर्ण पूर्वाधार निर्माणमा नगरपालिका सम्पन्न हुँदै गएको छ । त्यससँगै बृहत् सुख्खा क्षेत्र खानेपानी, प्रहरी चौकी तथा अन्य संरचना निर्माण कार्य धमाधम भइरहेको छ । पूर्वाधार सम्पन्न भएसँगै नागरिकहरूले […]

सम्बन्धित सामग्री

मण्डनदेउपुर नगरपालिका १० दिन सिल : बनेपा र पनौतीमा ५ दिन थप

जेठ १२, पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा बुधवारदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि बुधवारदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जानकारी दिएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमण नियन्त्रण, न्यूनीकरण तथा संक्रमण शृंखला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जानकारी दिएको हो । ‘औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि बुधवारदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख शहर हो । जेठ ८ गतेबाट सिल गरेको पनौती नगरले पनि पहिलोपटक पाँच दिन सिलको समयावधि थपेको छ । संक्रमणको उच्च जोखिम रहेको जनाउँदै मण्डनदेउपुरसहित काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले हाल आफ्नो क्षेत्र सिल गरेका छन् । बनेपा, धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगर, मण्डनदेउपुर नगर, रोशी गाउँपालिका, बेथानचोक र भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जानकारी दिएका हुन् ।  पाँचखाल नगरले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महीना अनुमति खारेज गरी रू. ५० हजार जरिवानासमेत गर्ने जानकारी दिएको छ । साथै सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् ।  सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवम् प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लामा १० दिन निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।  यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३३१ मा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ४९९ संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ६४० सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २२ प्रतिशत अर्थात् ५८१ संक्रमित छन् ।  कुल संक्रमितमध्ये धुलिखेलमा ४७०, पनौतीमा ४६१, पाँचखालमा ३२५, नमोबुद्धमा १६९, मण्डनदेउपुरमा १६९ तथा रोशी गाउँपालिकामा ९७, चौँरीदेउरालीमा ६४, तेमालमा ५२, भुम्लुमा ८६, खानीखोलामा ३९, बेथानचोकमा ८५ र महाभारत गाउँपालिकामा ४२ सक्रिय संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ ।  कुल संक्रमितमध्ये ९४ दशमलव ५८ प्रतिशत अर्थात् दुई हजार ४९७ संक्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ११४ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट

दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ । सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका अतिविपन्न व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको हो ।          केन्द्रले भुम्लु गाउँपालिकाको १० वडाका १०० अपाङ्गता भएका व्यक्तिलाई ब्ल्याङ्केट प्रदान गरिसकेको छ । यसपछि मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण अभियान थालिएको केन्द्रका सचिव रमेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई नगरको साझेदारीमा ज्याकेट र ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ ।           मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले ज्याकेट र ब्ल्याङ्केट वितरण कार्यक्रमको ९ नं वडाबाट उद्घाटन गर्दै संस्थाको सहयोगले अपाङ्गता भएका व्यक्तिलाई राहत पुगेको बताउनुभयो । “नगरले अपाङ्गता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाइरहेको छ”, उहाँले भन्नुभयो ।