काठमाण्डाै - हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएकाे कम्पनीले यो महिनामा दश करोडको रेमिट्यान्स भित्र्याएकाे हाे ।
रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको थियाे। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन...