१ भदौं, बुटवल । विवादित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रकरणमा ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन सार्वजनिक लेखा समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले एक साताभित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात सहित उपस्थित हुन प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई निर्देशन दिएको हो […]