मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका बागी उम्मेदवार खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आवश्यक देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् । नेपा