शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।...

सम्बन्धित सामग्री

शिक्षाको पहुँचमा छैनन् ‘अपांग बालबालिका’

शुभकालिका गाउँपालिका–५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांग छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ। तर, उनी स्तरयुक्त शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।...

कर्णाली प्रदेशमा अपांगता भएका ९७% बालबालिका विद्यालय शिक्षा लिनबाट वञ्चित

असार २३, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा अपांगता भएका बालबालिकामध्ये ठूलो संख्या विद्यालय शिक्षा लिनबाट वञ्चित भएको पाइएको छ । प्रदेशमा अपांगता भएका ९७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।  तीन प्रतिशतले मात्र विद्यालय जान पाएका हुन् । नेपाल राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशको तथ्यांक अनुसार यहाँ करीब २० हजार ४०० जना बालबालिका अपांगता भएका छन् । यी बालबालिकामध्ये अधिकांश विद्यालयको पहुँच बाहिर रहेका छन् । हाल कर्णालीमा अपांगता भएकाहरूका लागि अध्यापन गराइने ३९ ओटा स्रोत कक्षा छन् । जसमा ३३ ओटामात्र अहिले सञ्चालनमा रहेका छन् । स्रोत केन्द्र र एउटा विशेष विद्यालयमा गरी करीब साढे ७०० बालबालिकाले अध्ययन गरिरहेको राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले जानकारी दिएको छ ।  महासंघका अध्यक्ष विष्णुप्रसाद शर्माले विभिन्न स्रोत कक्षा र विशेष विद्यालयको छात्राबासमा बसेर पढ्ने अपांगता भएका बालबालिकाको संख्या साढे ७०० जति मात्र रहेको बताए । उनले भने, ‘बाँकी कतिपय सामान्य अपांगता भएका बालबालिकाहरू सामान्य स्कुलमा पनि पढ्छन् । त्यसको तथ्यांक भने राख्ने गरिएको छैन ।’ राज्यको लगानी जनचेतनामूलक कार्यमा पनि लगाउन सकिएमा अपांगता भएकाहरूलाई पनि विद्यालयको पहुँचमा पुर्‍याउन सकिने उनले बताए । उनले सामाजिक विकास मन्त्रालयले तयार पारेको शिक्षा नीतिको मस्यौदामा अपांगता भएका बालबालिकालाई पनि समावेश गरिएको जनाए ।  अपांगतामैत्री संरचना नहुँनु, भौगोलिक कठिनाइ, आवश्यक पर्ने पाठ्यसामग्री र शिक्षक अभावजस्ता समस्या रहेको सरोकारवालाहरूले बताएका छन् । सबैका लागि अनिवार्य शिक्षाको व्यवस्था भए पनि कर्णालीमा अपांगता भएका धेरैजसो बालबालिकाले आधारभूत शिक्षा समेत पाउन नसकेको उनी बताउँछन् । अरू विद्यालयहरूले अपांगता भएका बालबालिकाहरूलाई भर्ना लिन नचाहने, यस्ता बालबालिकाको शिक्षाको लागि राज्यको स्रोत परिचालन हुन नसक्नु जस्ता कारणले उनीहरू शिक्षाबाट वञ्चित भएको महासंघले जानकारी दिएको छ । सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख विष्णु अधिकारीले सरकारको बजेट जनचेतनाभन्दा पनि पूर्वाधारतर्फ बढी केन्द्रित हुँदा सीमान्तकृत समुदायका बालबालिका शिक्षाबाट वञ्चित हुन पुगेको बताए ।