पुस ४, काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजु कम्पनीले साधारण सभा पुस २८ गते गर्ने भएका छन् ।
बोटलर्स नेपाल (बालाजु) ले ४३ औं वार्षिक साधारण सभा पुस २८ गते बेलुका ४ बजे होटल ¥याडिसन लाजिम्पाट, काठमाडौमा बोलाएको छ ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र एकजना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गतेसम्म बन्द रहने कम्पनीले बताएको छ ।
त्यसैगरी बोटलर्स नेपाल (तराई) कम्पनीले पनि ३५औं साधारण सभा पुस २८ गते बिहान होटल ¥याडिसन लाजिम्पाट काठमाडौंमा बोलाएको छ ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गतेसम्म बन्द गर्ने बताएको छ । ती दुबै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।