लागूऔषधसहित दुई जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलबाट ३५० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलकै २७ वर्षीय योगेश कुँवर समेत दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरूविरुद्ध लागूऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।