सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ३ बाट एक गर्भवति महिलाको उद्धार गरिएको छ । प्रसव व्यथाका कारण अवस्था जटिल बन्दैगएपछि स्थानिय मिङ्माफुटी शेर्पालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको गाउँपालिकाले जनाएको छ ।