बुलिश बजारमाथि नियन्त्रण

जब जब शेयरबजार बुलिश प्रवृत्तिमा जान्छ, तब मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूले बजारलाई नियमनभन्दा पनि नियन्त्रणको आँखाले र्हेन थाल्छन् । नियमनभन्दा नियन्त्रण सजिलो लागेको हुनुपर्छ, नियामकलाई । विगतमा पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले शेयरबजारलाई जुवाघर भन्नु र युवराज खतिवडाले अनुत्पादक भन्नु र त्यसपछि बजार घट्नुलाई नियन्त्रण गरिएको रूपमा हेर्न सकिन्छ । अधिक तरलता भनेको लगानीकर्ताका लागि यो पैसा प्राप्त गर्ने अवसर हो । तर त्यो पैसा अधिक जोखिम हुने क्षेत्र दोस्रो बजारमा लगाइएको रहेछ भने अधिक तरलता हुँदा बढेको बजार तरलता नियन्त्रित हुँदा वा सामान्य हुँदा घट्न सक्छ । विसं २०७७ असार १५ गतेको न्यून बिन्दु नेप्से परिसूचक ११८८.७१ लाई आधार मान्ने हो आजसम्म बजार ३०२५.८३ सम्मको उच्च बिन्दुसम्म आइपुग्दा १५४.५५ प्रतिशतले नेप्से परिसूचक वृद्धि भइसकेको देखिन्छ । यो वृद्धि पूँजीगत लाभ हो, यसमा कम्पनीले दिने प्रतिफल समावेश गरिएको छैन । यस अवधिको बीचमा सूचीकृत भएका नयाँ कम्पनी पनि समावेश छन् । यति थोरै समयमा यति धेरै पूँजीगत लाभ सामान्यतया कुनै पनि लगानीबाट हुँदैन । घरजग्गाको लगानीमा पनि हुँदैन । धितोपत्रसँग सम्बद्ध मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूलाई पनि यो अनौठो लागेको हुन सक्छ र उनीहरूले नियमनभन्दा पनि नियन्त्रणको आँखा यसतिर सोझ्याएका हुन सक्छन् । नेपाल धितोपत्र बोर्डलाई हालको यो बुलिश बजार निकै अनौठो लागेको छ । त्यो कुरा उसको ५१ कम्पनी सूचीसहितको प्रेस विज्ञप्तिबाट पनि स्पष्ट हुन्छ । धितोपत्र बोर्डले मिति २०७८ जेठ २५ गते एक प्रेस विज्ञप्ति जारी गरिएको थियो । जहाँ प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपातलगायत परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गरिएको थियो । दोस्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासाका आधारमा बोर्डले अध्ययन शुरू गरेको विज्ञप्तिमा लेखिएको थियो । त्यसको ठीक १ हप्तापछि असार १ गते बोर्डले अर्को प्रेस विज्ञप्ति जारी गर्‍योे जहाँ विगत १ वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यसभन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतको आधारमा हाललाई जोखिमयुक्त देखिएका ५१ सूचीकृत कम्पनी छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बताइएको थियो । यी ५१ कम्पनीको शेयरमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमासमेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको जानकारी गराइएको थियो । कम्पनी नै ताकेर यी जोखिमयुक्त र यिनमा विकृतियुक्त कारोबार भएकाले यससम्बन्धी कसुरका सम्बन्धमा अध्ययन गरिने भनिएको थियो । यो कदम पनि नियन्त्रणको एक उदाहरण हो भन्न सकिन्छ । शेयरबजार सामूहिक मनोविज्ञानका आधारमा चल्ने पनि भएकाले यदि धेरैभन्दा धेरै लगानीकर्तालाई नकारात्मक असर पुग्ने किसिमका कार्य, अभिव्यक्ति, समाचार, विचार, विमर्श र विश्लेषणहरू आम लगानीकर्तामाझ फैलिएमा त्यसले बजारलाई नकारात्मक असर पुर्‍याउँछ । २०७८ जेठ २५ गतेको बोर्डको प्रेस विज्ञप्ति जारी हुँदा नेप्से परिसूचक २९६० बिन्दुमा थियो । विज्ञप्तिपछि २ दिन बजारमा १६ अंकले उतार आएको थियो । दोस्रो विज्ञप्ति (असार १ गते) भन्दा अघिल्लो दिन नेप्से परिसूचक ३०२५.८३ पुगेको देखिन्छ । भोलिपल्ट असार १ गते २ अंकको मात्र गिरावट आई ३०२२.११ बिन्दुमा बजार बन्द भएको थियो । सोही दिन बेलुका बोर्डको ५१ कम्पनीको सूचीसहितको प्रेस विज्ञप्ति जारी भयो । त्यसपछि असार १० गतेसम्म नेप्से परिसूचक २८४३ बिन्दुमा ओर्लियो । ७ दिनको कारोबारमा बजार १७९ अंक (करीब ६ प्रतिशत) ले झरेको देखिन्छ । आगामी दिनमा बजार अझै ऋणात्मक हुने वा वृद्धि हुने त्यो कसैले ठ्याक्कै भन्न त सक्दैन तर कही विश्लेषणको आधारमा अनुमान गर्न भने सकिन्छ । मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूले बजारलाई नियमन, सहजीकरण गर्नुभन्दा पनि नियन्त्रणको आँखाले हेरेर त्यसको प्रभाव शेयरबजारमा पर्छ । नेपाल राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीतिले शेयरबजारलाई कत्तिको सहजीकरण गर्छ भन्ने कुरा पनि निकै महत्त्वपूर्ण रहन्छ । बजार बढ्ने पहिलो आधार हो, अधिक तरलता । सामान्यतः तरलता क्षणिक हुन्छ । यो वित्तीय समस्या पनि हो । यसलाई केन्द्रीय बैंकले वा राज्यले नियन्त्रणमा लिई सन्तुलमा राख्नुपर्ने हुन्छ अधिक तरलता भनेको लगानीकर्ताका लागि यो पैसा प्राप्त गर्ने अवसर हो । तर, त्यो पैसा अधिक जोखिम हुने क्षेत्र दोस्रो बजारमा लगाइएको रहेछ भने अधिक तरलता हुँदा बढेको बजार तरलता नियन्त्रित हुँदा वा सामान्य हुँदा घट्न सक्छ । तरलताकै कारणले निम्त्याएको न्यून ब्याजदर, सजिलै कर्जा उपलब्धता हुने भएकाले यस्तो पैसा शेयरबजारमा लगाउनु निकै जोखिमपूर्ण हुनसक्छ । बजार बढ्नुको दोस्रो कारण हो, प्रविधिगत सुधार तथा विकास । अनलाइनको माध्यमबाट बाई र सेल बटन थिचेर शेयर किनबेच गर्न सहज हुनाले धेरैलाई यसले आकर्षित गरेको हो । यस्तो आकर्षण सधैंभरि रहिरहन्छ भनेर भन्न पनि सकिँदैन । नयाँ लगानीकर्ताको दरमा सन्तृप्ति आउन सक्छ । प्रविधिमा अझै धेरै कुराको विकास समयको मागबमोजिम हुँदै जानुपर्दथ्यो त्यो सुस्त भइरहेको छ । लगानीकर्ता जहिले पनि अवसरवादी हुन्छन् । उनीहरूले जहाँ बढी अवसर देख्छन् त्यहाँ नै पैसा खन्याउँछन् । यदि त्यो अवसरबाट उसले फाइदा लिइसक्यो वा पुनः अवसर देख्न छोड्यो भने आफ्नो लगानी फिर्ता लिन्छन् । शेयरबजारको लगानी पनि त्यस्तै हो । कोरोना भाइरसका कारण खुम्चिएको आर्थिक क्रियाकलापमा अवसर शेयरबजारमा देखी कारोबार गर्न आएका पर्यटक लगानीकर्तालाई टिकाइराख्ने उपाय नरचिने हो भने उनीहरू यहाँबाट पलायन हुने सक्ने सम्भावना छ । कोरोना समस्यामा दिनदिनै नयाँ नयाँ आशाका किरणहरू पलाइनै रहेका छन् । खोपको प्रयोग भइरहेको छ । थप खोप ढिलो चाँडो नेपालमा उपलब्ध हुने नै छ । कोरोना भाइरसका कारण थलिएको लगानीका अन्य क्षेत्र पूर्ववत् अवस्था फर्कन लामो समय नलाग्ने जस्तो देखिन्छ । यस अवधिमा धेरै लगानीकर्ताले शेयरबजारबाट पैसा फिर्ता लाने सम्भावना पनि रहन्छ । नेपाल धितोपत्र बोर्डको मुख्य काम कर्तव्य र अधिकार भनेको पूँजी बजारको विकास तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितको संरक्षण गर्नु हो । यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नु हो । धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बद्ध व्यक्ति तथा संस्थाहरूको कारोबारको शुद्धता जाँच गर्ने हो । बजार धेरै बढ्दैमा जोखिम हुने वा नहुने त्यसको मूल्यांकन लगानीकर्ताले पनि गर्न सक्नुपर्छ । मन परेको शेयर सस्तो मूल्यमा नपाउँदाको अवस्थामा लगानीकर्ताले बढी मूल्य हाल्नु परेको पनि हुन सक्छ । यसले अल्पकालमा वास्तविक मूल्य र बजार मूल्यमा धेरै भिन्नता भएको जस्तो देखिए पनि दीर्घकालमा त्यो भिन्नता कम भएर जान सक्छ । मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूले बजारलाई स्वतन्त्र रूपमा चल्न दिई यसलाई नियमन र सहजीकरण गर्ने हो नियन्त्रण होइन । लगानीकर्तालाई स्वतन्त्र भई लगानी गर्न मनोवैज्ञानिक रूपमा रोक लगाउने कुरा नियन्त्रण उन्मुख रहेको छ । खास चार/पाँचओटा मात्र वित्तीय आधार तोकी त्यही आधार बलियो नहुँदासम्म लगानी गर्न जोखिम छ भन्नु वैज्ञानिक अधारमा सत्य सिद्ध नहुन सक्छ । वर्तमान वित्तीय क्षमताको मूल्यांकन र विकृत कारोबारको आशंकामा ५१ कम्पनीको सूची सार्वजनिक गर्नु बजारलाई नियन्त्रण गर्न खोजेको ठहर्छ । यसरी अध्ययन, अनुसन्धानकै रूपमा रहेका कम्पनीको नामै तोकी सूची सार्वजनिक गर्नु धितोपत्र बोर्डको अधिकार क्षेत्र बाहिरको कार्य हो । यस कार्यले घटेको शेयर मूल्य र कारोबार रकमले लगानीकर्तामा अपूरणीय क्षति पर्न गएको छ र अझ क्षति पर्न सक्ने सम्भावना पनि रहन सक्छ । शेयरबजारमा बुलिश प्रवृत्तिको अन्त्य सधैं यस्तै मुख्य जिम्मेवार निकाय वा पदाधिकारीहरूको गलत कार्य वा अभिव्यक्तिले हुने गरेको पनि छ । लेखक नागरिक लगानी कोषसँग आबद्ध छन् ।

सम्बन्धित सामग्री

बरहथवामा स्थिति नियन्त्रण बाहिर

सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूको प्रदर्शन साँझसम्म पनि जारी छ। शुक्रबारदेखि चलिरहेको आन्दोलन अहिले नियन्त्रण बाहिर छ।...

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध

चीनले अमेरिकी निर्यात नियन्त्रण नीतिको विरोध गरेको छ। चीनविरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे...

हात्ती नियन्त्रण गर्न माग

सुनसरी, मोरङ र झापामा आतंक मच्चाइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदहरुले माग गरेका छन्।

कोलेस्ट्रोल नियन्त्रण गर्न के गर्ने ?

- कोलेस्ट्रोल नियन्त्रण गर्न दैनिक कम्तीमा एक घन्टा व्यायाम गर्ने । - वनस्पतिजन्य खानेकुरामा बढी जोड दिने, मासु कम खाने । तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्ने ।  - मदिरा सेवन नगर्ने । यसमा...

गोविन्देलाई मात नियन्त्रण गर्ने औषधि

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ ।  मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण

डढेलो नियन्त्रण गर्न अभ्यास

कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो नियन्त्रण गर्न आवश्यक सामग्रीसमेत स्थानीयलाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री हस्तान्तरण गर्दै डिभिजन वन कार्यालय गौतमबद्धका प्रमुख दधिलाल कँडेलले डढेलो रोक्न स्थानीयवासी जागरुक हुनुपर्ने बताए । गर्मीयाममा आगलागीको उच्च जोखिम रहेकाले स

डढेलो नियन्त्रण गर्न सञ्जाल

सल्यान : जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको  छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो।कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न

सहायक सीडीओ अब लागूऔषध नियन्त्रण अधिकारी हुने

अब ७७ जिल्लाका प्रशासन सहायक प्रमुख लागूऔषध नियन्त्रण अधिकारी हुने भएका छन् ।  गृह मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाका प्रमुखको नेतृत्वमा ७७ जिल्लाका सहायक सीडीओलाई अधिकारी तोकिएको हो ।  पछिल्लो समय लागूऔषध कारोवार र सेवन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

खाद्य प्रणालीको नियन्त्रण

न उत्पादक आफूले के उत्पादन गर्ने भनेर पूर्णरूपमा आफैँ निर्णय गर्न सक्छ न त उपभोक्ता नै सोचेजस्तो गुणस्तरको खाद्यान्नमा पूर्ण नियन्त्रण नै गर्न सक्छ ।...

‘अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन’

वासिङ्टन– अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उनको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण […]