चालू आर्थिक वर्षको योजना अध्यादेशको बाटो रोजेर ल्याएको कर्णाली सरकारले ऐनहरू पनि अध्यादेशकै बाटोमा संशोधन र पारित गर्न थालेको छ । राजनीतिक किचलोका कारण प्रदेशसभा बैठक सञ्चालन नभएकाले ऐन संशोधन गर्न पनि अध्यादेशको बाटो रोज्नुपरेको हो ।केही दिनअघि प्रदेश लोकसेवा आयोग ऐनलाई संशोधन गरेको प्रदेश सरकारले खेलकुद ऐन पनि अध्यादेशकै माध्यामबाट संशोधन गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरिएको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसमा प्र