भेरी नगरपालिकाको विधायन सभाले ३ ऐन संशोधन गरेको छ ।
विधायन सभाले शिक्षा, स्वास्थ्य र विनियोजन ऐन संशोधन गरेको र केही महत्त्वपूर्ण नीति तथा प्रस्ताव पास गरेको छ ।
विधायनसभाले नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधन, स्वास्थ्य तथा सरसफाइ ऐन–२०७४ र विनियोजन ऐन–२०७७ संशोधन गरेको नगर प्रवक्ता पार्वती विकले बताइन् ।
संशोधन गरिएको नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधनमा रिक्त रहेको विद्यालय दरबन्दीको विज्ञापन अनुमति नगर कार्यपालिकाको कार्यालयले दिने, अस्थायी, करार, राहत तथा अनुदान कोटामा कार्यरत शिक्ष...