रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ ।