कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुर्पक्षका लागि थुनामा गएपछि सांसदलाई निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका छन् । बानेश्वरमा जारी प्रतिनधिसभा नियमावली मस्यौदा समितिको बैठकमा प्रमुख सचेतक लेखकले हिरासतमा रहँदा र अर्धन्यायिक निकायले थुनामा पठाउँदा निलम्बन गर्न नहुने र पुर्पक्षका लागि थुनामा गए निलम्बन गरिनुपर्ने प्रस्ताव राखेका हुन् ।