बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालमा उपचार गराइएका २० जना संक्रमित मात्र निको हुन बाँकी रहेका छन् । ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
संक्रमितको संख्या घट्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड वार्डलाई हालका लागि बन्द गरिएको छ भने भेरी विशेष कोभिड अस्पतालमा २० जना मात्र संक्रमित निको हुन बाँकी रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले अहिले भेरी विशेष कोभिड अस्पतालमा २० जना मात्र संक्रमित भर्ना रहेकोमा १५ जनाको अवस्था सिकिस्त रहेको बताउनुभयो ।