काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा एक महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । कात्यानी चोकमा डेरा गरेर बस्ने मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मा र नीतु शर्मालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । ३८ वर्षीया पीडित महिलाले आफुलाई निरजले बन्धक बनाएर बलात्कार समेत गरेको आरोप लगाएकी छन् ।पतिसँग डिभोर्स गरेकी ती महिलासँग निरजको पूर्व चिनजान थियो । निरजले उनलाई डेरामा ल्याएर ३ दिन बन्धक बना