काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीलाई कोरोना संक्रमण भएको छ । सुवेदीले ट्वीट गर्दै आफू कोभिड संक्रमित भएको र सम्पर्कमा आएकालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले घरमै उपचार गराएर बसिरहेको बताएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको थियो ।