पहिरोका कारण गए रातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहायताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनः सञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रकै लागि छुटेका गाडी बीच बाटामै रोकिएका थिए ।