स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि निर्वाचन आयोगले रकम निकासा गरिदिन आग्रह गरेको छ । आयोगले अर्थ मन्त्रालयसँग रू. ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गर्ने निर्णय गरी अर्थ मन्त्रालयमा निकासाको लागि अनुरोध गरी पठाइएको जनाएको छ । आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा निर्वाचनमा खटिने जनशक्तिहरूको बीमा गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आवश्यक निर्णय पनि गरेको छ । जसअनुसार १ लाख १० हजार ७ सय १३ अनुमानित जनशक्तिको प्रति व्यक्ति विमाङ्क रकम रु. २० लाखको बीमा गर्न मि