काठमाडौं । पछिल्लो पटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइएपनि उपभोक्ताले ग्याँस अभावको समस्या झेलिरनु परिरहेको छ । बजारमा मागअनुसारको आपूर्ति नभएको कारण उपभोक्ताले खाना पकाउने ग्याँस लिन अझै पालो पर्खिरनुपरेको छ । गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्याँसको आपूर्ति व्यवस्था सहज हुन अब केही दिन कुर्नुपर्ने भएको छ […]