बागमती सरसफाइ महाअभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । यो अवधिमा सुन्दरीजलदेखि चोभारसम्म बागमती सफाइले निरन्तरता पाएको छ । सुन्दरीजलदेखि पशुपति आर्यघाटसम्मको पानी निकै सफा र स्वच्छ भएको स्थानीयवासीको
भनाइ छ ।
केही वर्षअघिसम्म कुनै पनि जीवजन्तु बस्न र जीवित रहन नसक्ने गरी प्रदूषित बनेको बागमतीको पानी अहिले निकै सङ्लो, सफा र स्वच्छ बनेको छ । पानी सफा भएका कारण बागमती सफाइ महाअभियानका क्रममा शनिबार सुन्दरीजलमा माछाका भुरा छाड्ने कार्यक्रम छ ।