चीनको जनमुक्ति सेनाले बुधबार दोस्रो दिन पनि ताइवान टापुवरपर संयुक्त सैन्य अभ्यास जारी राखेको छ । अभ्यासमा जे–२० स्टिल्थ लडाकु विमान र डिएउफ–१७ हाइपरसोनिक मिसाइलजस्ता उन्नत हतियार प्रयोग गरिएको छ । मंगलबार...
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ । पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डलले ताइवानको भ्रमणमा आएको हो । अमेरिकी सांसदहरूको पछिल्लो भ्रमणको नेतृत्व म्यासाचुसेट्सका सिनेटर मार्कीले गरेका छन् ।प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्र
अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले गतहप्ता ताइवान भ्रमण गरेपछि चीन–अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ । पेलोसीको भ्रमणको विरोध स्वरूप चीनले एकपछि अर्को प्रतिक्रिया जनाइरहेको छ । उनको भ्रमणलगत्तै ताइवान नजिक चीनले अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गर्यो । पेलोसीको परिवारका सदस्यलाई चीन भ्रमणमा रोक लगाउनेदेखि अमेरिकासँग अहिलेसम्म गर्दै आएका आठवटा विषयका सहकार्य नगर्ने चीनले […]
काठमाडौँ । छोटो तर विवादास्पद भ्रमणपश्चात अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानबाट फर्किएकी छन्। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्। बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पेलोसीले बेवास्ता गरिन्। ताइवान एउटा स्वशासित […]
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव उत्पन्न भएको छ । विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘निकै खतरनाक’ बताएको छ ।चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीन हातमा हात मिलाएर नबस्ने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा विभागका प्रवक्ता जोन किर्बीले न्यान्सी पेलोसीको भ्रमण चीनको ‘एक चीन नीति&rs
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ ।
चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुग्नुभएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ बेइजिङको आलोचक ...
एजेन्सी । अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान भ्रमणमा जान सक्ने सम्भावनाबीच ताइवान चीनको आक्रोशको सामना गर्ने तयारी गरिरहेको छ । पेलोसीको भ्रमणलाई ह्वाईट हाउसको समर्थन छैन र उनी ताइवान गइन् भने दशकौँपछि ताइवान पुग्ने सबैभन्दा शीर्ष अमेरिकी नेता हुनेछिन् । अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेल
२० असोज, काठमाडौं । चीनसँगको सैन्य तनाव ४० वर्षयताकै उत्कर्षमा पुगेको ताइवानले बताएको छ । ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले चीनले सन् २०२५ सम्म ताइवानमाथि पूर्णरुपमा आक्रमण गर्नेगरी आफ्नो क्षमता बढाइरहेको बताएका छन् । लगातार ताइवानको हवाई रक्षा क्षेत्रमा ठूलो संख्यामा चिनियाँ सैन्य विमान प्रवेश गरेसँगै ताइवानका रक्षामन्त्रीले यस्तो बताएका हुन् । ताइवानले आफूलाई सार्वभौम मुलुक […]