प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनदेखि हालसम्म पछिल्लो समय भइरहेको राजनीतिक परिवर्तनसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।