नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकामा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए । सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताए […]