काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुँदैछ। राजनीतिक उतारचढावबीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नो कार्यकालको एक वर्ष पूरा गर्न लागेको हो। प्रचण्डले गत वर्ष पुस १० मा सत्तारोहण गरेका थिए।सुरुमा प्रचण्ड नेतृत्वको सरकार माओवादी केन्द्रसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गठन भएको थियो। राष्ट्रपति निर्वाचनसम्म पुग्दा नपुग्द