बालबालिकाको गोपनीयता भङ्ग गरेको भन्दै इन्टाग्रामलाई ४०.५ करोड युरो जरिवाना

बालबालिकाको गोपनीयता भङ्ग गरेको आरोपमा आयरल्याण्डको नियामक निकायले इन्सटाग्रामलाई ४०.५ करोड युरो जरिवाना तोकेको छ । लामो समयदेखि इन्सटाग्राममाथि बालबालिकाको विशेष गरेर फोन नम्बर र इमेलको गोपनीयता कायम नगरेको आरोप लाग्दै आएको थियो ।बिजेनस अकाउन्टमा बदलेकाहरूले एनलाइटिकल टुलबाट पोफाइल भिजिटजस्ता विषयहरूमा पहुँच पाउने र त्यसले गोप्य तथ्याङ्क उनीहरूको हातमा पुग्ने आरोप थियो । इन्सटाग्रामको मालिक कम्पनी मेटाले उक्त निर्णय विरुद्ध अपिल गर्ने बताएको छ । आयरल्याण्डको नियामक निकाय डाटा प्रोटेक्सन कम

सम्बन्धित सामग्री

गौशाला-२६ द्वारा सापकोटाविरुद्ध साइबर ब्यूरोमा जाहेरी

जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवास नेपाली …

पाकिस्तानमा तालिबान समूहबाट युद्धविराम भङ्ग

पाकिस्तानको तालिबान समूहले गएको जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । युद्धविराम भङ्ग गरेको तालिबान समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । सरकारले सम्झौता पालना नगरेको तालिबानको आरोप रहेको समाचार संस्था एएफपीले जनाएको छ । विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरूविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको तालिबानले विज्ञप्तिमार्फत् जनाएको छ ।

डडेलधुरामा कांग्रेस वीपीसँग एमालेले गरेको चुनावी तालमेल भङ्ग

काठमाण्डाै - नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो । डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको 'क' र 'ख' दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएक...

मन्त्री शर्माको राजीनामा माग्न थालिएपछि अर्थ मन्त्रालय उनको बचाउमा उत्रियो

काठमाडौँ – बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ। अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले अर्थमन्त्रीमाथि लागेको आरोपको बुँदागत खण्डन नगरी पत्रकारिताको अभ्यासप्रति आक्रोश पोखेका छन्। बजेटको अघिल्लो राति मन्त्रालयमा अर्थमन्त्री शर्मा, सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करसँगै अर्को सहसचिव चक्रबहादुर […]

संसद् भङ्ग गरेर निर्वाचनमा जाऔँ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भङ्ग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद् भङ्ग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् । संसदमा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भङ्ग गरेर निर्वाचनमा जानु पर्ने […]

ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग, प्रधानमन्त्री बर्खास्त

काठमाण्डाै - ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उहाँले संसद भङ्ग गर्नु भएको हो । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ । उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गर्नुभयो ।

ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भङ्ग

काठमाडौँ । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाएर संसद् भङ्ग गरेका छन् । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई पदबाट बर्खास्त गर्दै संसदसमित भङ्ग गरेका हुन् । ट्युनिसियामा कोरोना महामारीविरुद्ध लड्न अर्थ व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शनहरू हुँदै आएका छन् । प्रदर्शनले हिंसात्मक रूप लिएको छ । राष्ट्रपति सैयदले आफ्नो कदम […]