रुकुम पूर्व - तीन हप्तादेखि बन्द मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ ।
लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक फेरि सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समयसम्म सडक बन्द हुनपुगेको हो ।
एक हप्ता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाको इन्धन सहयोगमा याे खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अ...