न्यायाधीशविरुद्ध उजुरी दिन पुगेका अधिकारीले गरे न्यायपरिषदमा तोडफोड

काठमाडौँ – सिंहदरबारभित्र रहेको न्यायपरिषद सचिवालयमा तोडफोड भएको छ। न्यायाधीशविरुद्ध उजुरी दिन पुगेका द्वन्द्व पीडित नुरप्रसाद अधिकारीले कार्यालयमा तोडफोड गरेका हुन्। उनको तोडफोडका कारण कार्यालयको कम्प्युटर र झ्यालको सीसा तोडफोड गरेको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। कार्कीका अनुसार जिल्ला अदालत ललितपुर अधिकारीका नाउमा म्याद जारी गरेपछि उनी आदेश गर्ने न्यायाधीशका विरुद्ध उजुरी गर्न […]

सम्बन्धित सामग्री

न्यायपरिषदमा तोडफोड गरेको आरोपमा नुरप्रसाद पक्राउ

गोरखा फुजेलका नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायपरिषदको कार्यालयमा तोडफोड गरेको आरोपमा अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आफुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारको आरोप लगाएर उजुरी दिन उनि न्यायपरिषदको कार्यालयमा पुगेका थिए । छलफलको क्रममा अधिकारीले कम्युटर, सिसा र ढोकाको प्लाइउड फुटाएका हुन् । अधिकारीलाई पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतल

नुरप्रसाद अधिकारीद्वारा न्यायपरिषद्‌मा तोडफोड‚ प्रहरीले पक्रियो

गोरखा फुजेलका नुरप्रसाद अधिकारीले न्यायपरिषद्‌ कार्यालयमा तोडफोड गरेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारलगायतका आरोप लगाउँदै उजुरी दिन भनी न्यायपरिषद् कार्यालय पुगेका उनले झ्यालढोकासहित विभिन्न सामग्री तोडफोड गरेका हुन् ।