रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तामा रुसी आक्रमण सुरु भएयता पहिलो पटक प्रगतिको संकेत देखिएको छ । रुसले युक्रेनमा हुने सैन्य आक्रमणलाई घटाउने बताएको छ। तर रुसको यो प्रतिवद्धताप्रति पश्चिमा राष्ट्रहरूले विश्वास गर्न नसकिने भन्दै शंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलस्थित आफ्नो कार्यालयमा रुस–युक्रेन वार्ताको आयोजना गरेका थिए […]