काठमाडौँ – न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापा मेचिनगर घर भई हाल काठमाडौँको मैतिदेवी बस्ने समित भट्टराईलाई प्रहरीले शुक्रबार काठमाडौँको मीनभवनबाट पक्राउ गरेको हो। भट्टराईले पदम बुढा नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ लिई फरार भएका थिए। भट्टराईले पदमलाई […]
विराटनगर – विराटनगरको काली मन्दिरमा यसपटकको दसैंमा बली चढाउदाँ ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ। काली मन्दिर ब्यवस्थापन समितिका अनुसार दसैंको छैटौं दिनबाट सुरु भएको बली चढाउने कार्य दशमीसम्म पुग्दा ४ लाख ३४ हजार रुपैयाँ रकम संकलन भएको हो । समितिका अध्यक्ष सन्नी कामतका अनुसार यसपटक १ सय रुपैयाँको दरमा २ हजार […]
काठमाडौं । फिल्म ‘महापुरुष’का निर्माताले दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जसअनुसार फिल्मले १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो साता चार करोड ५६ लाख रुपैयाँ ग्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विवरणमा उल्लेख छ । फिल्मले पहिलो साता काठमाडौं […]
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ ।
घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ ।
वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णच...
मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रहरीले अवैध रुपमा भित्रिएको ४ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भारततर्फबाट छोटी भन्सार हुँदै नेपालतर्फ ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको हो। प्रहरीले रंगेलीको साहु टोलमा भन्सार छली भित्रिएको अवस्थामा ४ लाख रुपैयाँ बराबरको जिन्स […]
चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।
बागलुङलाई विपद् जिल्लाको रुपमा घोषणा गरेर बाढीपहिरोपीडितलाई घर बनाउन सङ्घीय सरकारले ४ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यसमा नगरपालिकाले १ लाख ५० हजार थप गर्ने निर्णय गरेको हो ।