निलम्बित गभर्नर विरुद्ध गठित जाँचबुझ समितिले बल्ल शुरु गर्‍यो काम

वैशाख ५, काठमाडौं। नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीका सम्वन्धमा गठन गरेको जाँचबुझ समितिले आइतवारबाट बल्ल काम थालेको छ। सरकारले गत चैत २४ गते बिहीवार नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । गभर्नर अधिकारी निलम्बन खारेजीको माग राख्दै आइतवार सर्वोच्च अदालत पुगेका छन् । उनले सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया शुरु गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। अधिकारीले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा सोमवार दर्ता भइसकेको छ। त्यसको पेसी भने मंगलवार तोकिने स्रोतले बताएको छ। सरकारले पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। समितिको सदस्यमा डा सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् । सो समितिलाई एक महीनाभित्र छानविन प्रतिवेदन बुझाउने छन् । राष्ट्र बैंक ऐनमा ‘जाँचबुझ समितिले जाँचबुझ गरी आफ्नो राय ठहरसहितको सिफारिस सरकार समक्ष पेस गर्नुभन्दा अघि गभर्नरसँग बयान लिन वा सोधपुछ गर्न सक्नेछ’ भन्ने व्यवस्था उल्लेख छ। ऐन अनुसार, जाँचबुझ समितिले राय ठहर सहितको आफ्नो सिफारिस एक महीनाभित्र सरकारसमक्ष पेस गर्नुपर्छ। सरकारले गभर्नरलाई निलम्बन गरिसकेको भए पनि जाँचबुझ समितिले ढिला गरी काम शुरु गरेको हो । गत चैत २४ चैत बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्दै उनीमाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो ।

सम्बन्धित सामग्री

नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

काठमाडौं : नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बिहीवार आरआर क्याम्पसअगाडि गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला समेत दहन गरेको छ। उनीहरुले गभर्नर अधिकारीविरुद्ध नारा लगाउँदै उनको राजीनामा माग गरेका थिए। नेकपा (एमाले)को अर्थ विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै…

गभर्नर अधिकारीको विरोधमा प्रदर्शन (फोटोफिचर)

माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थी संगठनका कार्यकर्ताहरूले गभर्नर अधिकारीका कार्टुन समेत प्रदर्शन गरेका थिए।...

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नर विरुद्ध प्रदर्शन गरेको हो ।गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो। नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्

गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन भन्ने व्यवस्थाको प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्व

गभर्नर अधिकारी आजदेखि काममा

काठमाण्डाै – सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कंदै हुनुहुन्छ । सर्वोच्चले हिजो गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न  अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मन्त्रिपरिषद्ले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि उहाँले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै आउँदो १३ गते दुवै पक्षलाई बोलाएको छ । सर्वोच्च अदालतले राष्ट्र बैंकको स्वायत्तताको पक्षमा निर्णय दिएको भन्...

गभर्नर अधिकारी आजै काममा फर्किने

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नगरी काममा फर्कने गरी अल्पकालिन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी बुधबार नै काममा फर्किने भएका छन । मन्त्रिपरिषद्ले गत २४ चैतमा निर्णय गर्दै गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि गभर्नर अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद […]

गभर्नर अधिकारीलाई सर्वोच्चले काममा फर्कायो

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले गभर्नर अधिकारीको निलम्बन फुकुवा गर्दै बुधबारदेखि काममा फर्कन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। यो आदेशसँगै गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले बनाएको समिति तत्कालका लागि अर्थहीन बन्न पुगेको छ। सरकारले गभर्नर...

अर्थमन्त्रीको कोपभाजनमा गभर्नर

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्मासँग द्वन्द्वको वातावरण बनेपछि सरकारले अधिकारीलाई गभर्नरबाट हटाउने तानाबाना बुनेको हो। मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर अधिकारीलाई सरकारी सूचना चुहाएको गम्भीर आरोप लगाउँदै त्यसको जाँचबुझ गर्न समिति गठनको निर्णय गरेको थियो। त्यसअनुसार शुक्रबार समिति गठन भएपछि गभर्नर अधिकारी निलम्बनमा परेका छन्। राष्ट्र […]

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई निलम्बन गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको हो।...

गभर्नर अधिकारी कोरोना संक्रमित, कायममुकायम गभर्नर को ?

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ। अधिकारी संक्रमण पुष्टि असोज ५ गते भएदेखि नै होम आइसोलेसनमा बसेका हुन् । अधिकारीको स्वास्थ्य लाभ नभएसम्मका लागि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको रुपमा जिम्मेवारी दिएको बैंकले जनाएको छ ।