पर्सा : उपभोक्ता हित विपरित कार्य गर्ने सर्लाहीका चार वटा व्यापारीक फर्म कारवाहीमा परेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले सर्लाहीको हरिवन बजारमा अनुगमन गरी चार वटा व्यापारीक फर्मलाई एक लाख ७० हजार रुपैयाँ जरिवाना गरेको छ।वाणिज्य कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेका अनुसार बिहीबार हरिवन बजारमा छड्के जाँच गर्दा मूल्य सूची समेत नराखी उपभोक्ता हित विपरित कार्य गर्ने व्यापारीक फर्महरूलाई जरिवाना गरिएको हो। खत्वेका अनुसार कारवाहीमा पर्नेमा हरिवन–९ स्थित मोहन किरान