अस्थायी मुकाम तोकिएपछि विराटनगर खुशी, धनकुटा बेखुशी

३ माघ, विराटनगर । प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोक्ने सरकारी निर्णयको विराटनगरवासीले स्वागत गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले देशकै पुरानो शहरको पहिचानलाई सरकारले बुझेको प्रतिक्रिया दिए । 'राजनीतिक र औद्योगिक विकासको जग बसालेको ऐतिहासिक नगरी विराटनरलाई सरकारले चिनेको मैले महसुस गरेको छु', उनले भने 'अब विराटनगरले विकासको …

सम्बन्धित सामग्री

धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालन गर्ने तयारी

विराटनगर। कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको ६ महीनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनमा आउने खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । अ‍ौद्योगिक ग्राम क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौओटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए । तिनमा सेनेटरी प्याड र खाद्य सामग्री उत्पादन भए पनि परिमाण कम छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरूपमा सञ्चालन गरे पूर्वी पहाडी क्षेत्रको जनजीविका सहज हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् ।  मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’ ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

विष्णुमायाले १० महिने छोरीलाई भिडबाट जोगाइन्, छोरा गम्भीर घाइते

१५ माघ, विराटनगर । शनिबार साँझ करिब ८ बजेतिर धनकुटाको टुँडिखेलमा आयोजित धनकुटा महोत्सव सर्वसाधाणको भिड बाक्लो थियो । गायक प्रमोद खरेल आफ्नो प्रस्तुति दिने तयारी गर्दै थिए । खरेलको प्रस्तुति हेर्न आउनेको थामिनसक्नु भिडमा थिइन् धनकुटा नगरपालिका–५ कि विष्णुमाया लिम्बू राई । आफ्नो ७ वर्षे छोरा र १० महिने छोरीसहित महोत्सवमा आएकी उनीसँग परिवारका […]

धनकुटामा गठबन्धनबाट थापा, भण्डारी र चेम्जोङको हानथाप, एमालेबाट तीन जना आकाङ्क्षी

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएलगत्तै देशभर चुनावको माहौल तात्न थालेको छ । सोही क्रममा धनकुटा जिल्लामा निर्वाचनको चहलपहल सुरु भएको छ ।धनकुटा नेपाली काँग्रेसका नेता सुनिल थापाको गृह जिल्ला हो । उनी धनकुटाबाटै चुनाव लड्दै आएका छन् । उनले यस पटक पनि धनकुटा नछोड्ने बताएका छन् । यता, धनकुटालाई एमालेको गढ मानिन्छ । त्यसैले यहाँ यस पटक सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।नेपाली काँग्रेस धनकुटाका सभापति दिनेश राईले गठबन्धनको तर्फबाट संघीय संसद्

धनकुटामा ४ जनाले पाए आमाको नामबाट नागरिकता

धनकुटा : अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाएका हुन्।यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएकी हुन्।जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरुलाई नागरिकता प्रदान गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।नागरिकता नपाएपछि उच्च अदालत विराटनगर धनकुटा इजलासमा दायर गरेको रिटमा अ

धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी

विराटनगर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् । संगठनले राखेका माग संवोधनमा चासो नदेखाएको भन्दै आक्रोशित नेविसंघ सम्बद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड पनि गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन […] The post धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले अध्यक्ष ओली आज धनकुटा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा जाने भएका छन्। ओली आज विहान ११ बजे विराटनगर हुँदै धनकुटा जाने कार्यक्रम रहेकाे अध्यक्ष ओलीको सचिवालयले जनाएकाे छ। छिन्ताङ हत्याकाण्डमा मारिएका सहिदको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी एमाले धनकुटाले छिन्ताङमा आयोजना गरेको ४३ औं सहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न उनी धनकुटा जान लागेका हुन्। कार्यक्रममा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहनेछ। यस्तै सभामा कलाकार बद्री पंगेनी, प्रिया भण्डारीलगायतका

बाढीले सडक बगाउँदा धनकुटा भेडेटार सडक अवरुद्ध

२ कात्तिक, विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साघुरीगढी– ६ मा लेउती खोलाले करीब एक सय मिटर सडक कटान गरेपछि मंगलबार दिउँसोबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रबाट धरान आउदै गरेका र धरानबाट पहाडी जिल्लातर्फ जादै गरेका सवारी रोकिएको जिल्ला प्रहरी […]

दुर्घटना भएको एम्बुलेन्सबाट गाँजा र रक्सी बरामद

धनकुटा  : धनकुटाको हिलेबाट विराटनगर फर्कंदै गरेको को१च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा नगरपालिका ४ देब्रेबासमा दुर्घटना भएको छ।मोरङको विराटनगरबाट धनकुटाको हिलेमा सुत्केरी महिला पुर्‍याएर फर्कंदै गरको विराटनगर सिटी प्रालि अस्पतालको सो एम्बुलेन्स सोमबार बिहान कोशी लोकमार्गको देब्रेबासमा दुर्घटना भएको हो। एम्बुलेन्सले सडकको नाली भत्काइ देब्रेबास बस्ने कुलबहादुर ब्लोन तामाङको आँगनमा पुगेर दुर्घटना भएको हो।एम्बुलेन्स चालक विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने ३० वर्षीया नरेश शाहले मादकपदार्थ

विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित ४ जनालाई १८ वर्ष कैद

विराटनगर । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो ।जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ वर्ष ६ महिना कैद तथा अत्री, श्रेष्ठ र मगरलाई १८ वर्ष कैद सजाय तोकेको छ । त्यस्तै चारै जनालाई जनही १ ल