मधेश प्रदेश सरकारमा जनमत पार्टीले आफ्ना बिनाविभागीय मन्त्रीलाई फिर्ता बोलाएर अर्को मन्त्री पठाउने भएको छ । बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवलाई पार्टीले राजीनामा गर्न लगाएर पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।