साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगामा बराबरीमा रोकिएको छ । स्टुटगार्डले इन्जुरी समयमा पेनाल्टी पाएपछि बायर्न २–२ को बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो । खेलको ९२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सरहोउ गुइरासीले सजिलै गोलमा परिणत गरेका थिए ।खेलको पहिलो हाफमा १७ वर्षीय म्याथिस टेलले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा क्रिस फ्युरिचले बराबरी गोल फर्काए । लगत्तै जमल मुसियालालाई पुनः अग्रता दिलाए । १९ वर्षीय खेलाडीको सिजनको चौथो गोल बायर्नको जीतका लागि पर्याप्त हु