भारतबाट पेट्रोलियमको मूल्य फेरि घटेर आयो तर, अझै घटेन नेपाली बजारमा

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ  इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल, डिजेल र हवाई...

सम्बन्धित सामग्री

मूल्य बढ्दा पनि घटेन पेट्रोलियमको माग

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ । गत वर्षको तुलनामा सवारीसाधनको प्रयोग र बिक्री वितरण पनि बढ्दा पेट्रोलियमको मूल्य बढे पनि यसको खपत नघटेको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल र डिजेलको खपत वार्षिक १० प्रतिशतका दरले बढेको छ । “मूल्य बढे पनि पेट्रोलियम पदार्थको खपत घटेको देखिँदैन,” उहाँले भन्नुुभयो, यो वर्ष इन्धनको परिणाम र मूल्य दुवै बढेको छ ।